

देशभर पश्चिमी वायुकाे आंशिक प्रभाव, कस्ताे रहला आजको माैसम ?



काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।
त्यस्तै बागमती प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा पनि मौसम सफा रहने छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा पनि मौसम सफा रहको छ भने कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया