

रुपन्देहीको एक इट्टा उद्योगमा कुटपिटबाट भारतीय कामदारको मृत्यु



रुपन्देहीको एक इट्टा उद्योगमा काम गर्ने भारतीय कामदारको कुटपिटबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ हिरापुरस्थित न्यू मनकामना इट्टा उद्योगमा काम गर्ने भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको हो।
विहीबार राति करिब ९ बजेतिर उनकै ट्याक्टर चालक कृष्ण केवटसँग भएको आपसी विवादपछि कुटपिट हुँदा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कुटपिटबाट गम्भीर घाइते भएको केवटको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राती ११ बजेतिर मृत्यु भएको जानकारी दिए।
प्रहरीले घटनामा संलग्न कृष्णलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया