

बर्दियामा जुवा खेलिरहेका ६ जना पक्राउ



बर्दिया | जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित लक्ष्मीकान्त न्यौपानेको घरमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले ६ जनालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१ का ३१ वर्षीय घरबेटी लक्ष्मीकान्त न्यौपाने, ३३ वर्षीय बिर्ष बहादुर शाही, २१ वर्षीय ईश्वर कुमार बोहरा, ३६ वर्षीय रामु थारु, ३९ वर्षीय गणेश बहादुर थापा र ३७ वर्षीय ध्रुव थापा रहेका छन् । प्रहरीका अनुसार जुवा खालबाट नगद रु ५१ हजार ८ सय ७०, मोबाइल ७ वटा र जुवा खेल्न प्रयोग गरिएको ४ गड्डी तास बरामद भएको छ ।
छ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया