

बर्दियामा जुवा खेलिरहेका ६ जना पक्राउ



बर्दिया | जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित लक्ष्मीकान्त न्यौपानेको घरमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले ६ जनालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१ का ३१ वर्षीय घरबेटी लक्ष्मीकान्त न्यौपाने, ३३ वर्षीय बिर्ष बहादुर शाही, २१ वर्षीय ईश्वर कुमार बोहरा, ३६ वर्षीय रामु थारु, ३९ वर्षीय गणेश बहादुर थापा र ३७ वर्षीय ध्रुव थापा रहेका छन् । प्रहरीका अनुसार जुवा खालबाट नगद रु ५१ हजार ८ सय ७०, मोबाइल ७ वटा र जुवा खेल्न प्रयोग गरिएको ४ गड्डी तास बरामद भएको छ ।
छ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया