
प्रेस चौतारी कपिलवस्तुको नवौं जिल्ला अधिवेशन माघ १६ गते हुने

हरि आचार्य, कपिलवस्तु | प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको नवौं अधिवेशन माघ १६ गते हुने भएको छ । बाणगंगामा सम्पन्न प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको विस्तारित बैठकले शाखाको नवौं अधिवेशन माघ १६ गते बुधवार सहिद दिवसको दिन बाणगंगा ४ ठाकुरमा गर्ने निर्णय गरेको शाखाले जनाएको छ । जस्का लागि विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
विस्तारित बैठकमा मंसिरमा सम्पन्न भएको नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश तथा जिल्ला निर्वाचनको समिक्षा पनि गरिएको छ । प्रेस चौतारीबाट संघ, प्रदेश तथा जिल्ला शाखामा निर्वाचित हुने उम्मेद्वारलाई हार्दिक बधाई ज्ञापन गर्दै श्रमजिवी पत्रकारको पक्षमा लाग्नुपर्ने निष्कर्ष निकालिएको छ । बैठकका एजेन्डा प्रस्तुत गर्दै प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष जानु पाण्डेले संगठनको रिपोर्टिङ गर्नुका साथै उपस्थित सबैले रिपोर्टिङ् प्रस्तुत गर्नुभएको थियो ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले वास्तविक लक्षितको वर्गलाई न्याय पुग्ने गरि पत्रकारीता गर्नुपर्ने बताउनुभयो । उहाँले चौतारी कपिलवस्तुको नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्माण गर्नुपर्ने बताउनुभएको छ । पोख्रेलले अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्न निर्देशन दिंदै निर्वाचन गर्दा राम्रो सन्देश नजाने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्नपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले प्रेस चौतारी मर्यादित र निश्पक्ष पत्रकारीता गर्ने सशक्त संगठन भएकोले यसको गरिमा उचो राख्न अनुरोध गर्नुभयो ।
प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेको अध्यक्षता, नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका उपाध्यक्ष शंकर पाण्डे, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य पार्वती पाण्डे, जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, प्रेस चौतारी प्रदेश सचिव हरि अधिकारी, जिल्ला ईन्चार्ज राम प्रकट कोरी, पुर्व केन्द्रिय सदस्य सीताराम चौधरी, प्रदेश सदस्य शरद अधिकारी लगायतको आतिथ्यता, जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत मन्तब्य तथा सह सचिव कुलराज भुसालको सञ्चालनमा सम्पन्न विस्तारित बैठकमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया