

लायन्स क्लब कपिलवस्तु सामाजिक अभियान : अटिजम सम्बन्धि सचेतना, समाजमा सकारात्मक सन्देश





लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२४/२५ ले लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेलविन जोन्सको जन्मजयन्तीको अवसरमा मेल्विन सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । यसैक्रममा, क्लबले वाणगंगा नगरपालिका–२ स्थित ज्ञानपूञ्ज इङ्ग्लिस बोडिङ स्कुलमा अटिजमसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा समर्पण बालगृहकी अध्यक्ष डा. शान्ता शर्माले प्रशिक्षण गरेकि थिइन । प्रशिक्षणमा अटिजम के हो, यसको लक्षण र व्यवस्थापनका उपायबारे जानकारी गराउँदै उनले भनिन अटिजम भएका व्यक्तिहरूलाई समाजले सहानुभूति मात्र हैन, अवसर पनि दिनुपर्छ । उनीहरूको विशेष क्षमतालाई बुझेर अगाडि बढ्न सकिने सम्भावना धेरै हुन्छ। डा. शर्माले अटिजम भएका व्यक्तिहरूसँग धैर्यताका साथ व्यवहार गर्न र परिवार तथा समुदायको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुपर्ने बताइएकि थिइन ।
लायन्स क्लब ३२५ पिका प्रथम डिस्टिक गभर्नर बालाराम भट्टराईले आफ्नो मन्तव्यमा “अटिजमसम्बन्धी यस्ता सचेतनामूलक कार्यक्रमहरूले मात्र होइन, हामी सबैको साझा प्रयासले समाजमा रहेका यस्ता चुनौतीहरूको सामना गर्न सकिने उनको भनाइ रहेको थियो । लायन्स क्लब अफ कपिलवस्तुको यो अभियान सराहनीय छ । यसले समुदायमा चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गदैसहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरेका थिए । भट्टराईले कार्यक्रम संयोजक शान्तराज गैरेलाई लायन्स पिन माफ्त सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक शान्तराज गैरेले अटिजमसम्बन्धी सचेतना फैलाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्याउनुका साथै अटिजम भएका बालबालिकाका परिवारलाई आशा र प्रेरणा दिन्छ । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले “हाम्रो उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु मात्र हैन, समाजलाई जागरूक बनाउन र सुधारतर्फ उन्मुख गराउनु हो। अटिजमसम्बन्धी यस्ता सचेतनामूलक कार्यक्रमले समुदायलाई दीर्घकालीन रूपमा लाभ पुर्याउने विश्वास रहेको बताएका थिए ।
के हो अटिजम?
अटिजम एक प्रकारको न्यूरोडेभलपमेन्टल विकार हो, जसले व्यक्तिको सामाजिक व्यवहार, संवाद र अन्य क्षमतामा असर गर्छ। यो जीवनभर रहने समस्या भए पनि समयमै पहिचान र सही व्यवस्थापनले अटिजम भएका व्यक्तिहरूले राम्रो जीवनयापन गर्न सक्छन्। अटिजमको मुख्य लक्षणमा बोलचालमा समस्या, दोहोरो व्यवहार र अत्यधिक चासो देखाउनु पर्छ।
लायन्स क्लब अफ कपिलवस्तुद्वारा आयोजित यस्तो सचेतनामूलक कार्यक्रमले अटिजमबारे बुझाइ बढाउन र सामाजिक परिवर्तनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया