

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल : मदन भण्डारी र सशस्त्र प्रहरी विजयी


बुटवल| बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीले जीत हात पारेका छन् ।बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको मदन भण्डारी आयोजक एकेडेमीले रुकुममाथि सहज जीत निकालेको हो ।
आफ्नो दोस्रो खेलमा शुक्रबार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकेडेमी पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा थियो ।
तेस्रो सेटबाहेक एकेडेमीले खासै चुनौतीको सामना गर्नु परेन । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ मा पराजित भएको थियो ।
रुकुम मणिमुकुन्द भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतबार मणीमुकुन्दसँग गर्नेछ । दुवै खेल गुमाएको रुकुमपश्चिमले सोमबार पुलिसको सामना गर्ने छ ।
उता एपीएफले करिब ३ घण्टाको समय खर्चेर गल्कोट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको छ । चिसो र हुस्सुसँगै शीत परेपछि मैदान भएर बिहीबार स्थगित भएको एपीएफ र गल्कोटबीचको खेल शुक्रबार पुनः खेलाइएको थियो ।
हिजो चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रबार पहिलो सेट २५–१५ मा सहजै जितेको एपीएफले दोस्रो सेटमा संघर्षपूर्ण २५–२२ को जीत निकाल्यो ।
एपीएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज बर्देवाले टोलीलाई कठिन समयमा जीत दिलाएका थिए । तर गल्कोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अंकमा जित्यो ।
निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो ।
तनावपूर्ण त्यो सेट एपीएफले २०–१८ ले जित्यो । समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् ।
रुकुम पश्चिमले दुवै खेल गुमाएको छ। मदन भण्डारी एकेडेमी १ जीत र १ हार बेहोरेको छ ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउनेछन् ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया