
उद्योग वाणिज्य संंघ कृष्णनगरमा चुनावी सरगर्मी

व्यापार र व्यापारिका लागि म रातदिन खट्छु : रितेश शर्मा
कृष्णनगर , पुस १३ । कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उम्मेदवारहरू व्यपारी, उद्योगी, लगायत माझ आ(आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्।
पहिलो पटक उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो भाग्य र व्यापारीहरुको विश्वास जित्न अध्यक्ष पदका उम्मेदवार रितेश शर्मा आज मुख्य बजारका व्यापारीसंग भेटघाट शुरु गरेका छन । उम्मेदवार शर्माले व्यापार र व्यापारीहरुको हितमा आफु रातदिन खटिने प्रतिवद्धतासहित भोट माग्दै हिडेका छन । कृष्णनगर बजार , गोलघर लगायत पसलहरुमा गएर आफ्नो चुनावी एजेंडा सहित एक पटकका लागि अवसर दिन सबैसंग आग्रह गरेका छन ।
उम्मेदवार शर्माले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी ,व्यवसायी र उद्योगी वर्गलाई अनुरोध गर्दै आफू सधैं व्यापारीक हितमा आफ्नो पहुँच सामर्थ्यले सदैव खडा रहने बताए। आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रोसंग चलायमान गराई व्यापारीहरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारीहरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उद्यमी हरूको हक अधिकार रहेको जिक्र गरे। साथै उहांले कृष्णनगर भन्सार नाकालाई अपग्रेड गराउन आफूबाट हुनसक्ने हरेक सम्भव प्रयास गर्ने शर्माले बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया