

जाडोमा छाला सुख्खा भयो ? कसरी जोगिने ?


काठमाडौं– जाडोमा छाला सुख्खा हुनु सामान्य हो।
जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।
छाला सुख्खा हुने कारण
१) चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ ।
२) चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।
३) जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ ।
जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु
१) जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुहोस्।
२) चिसोमा मनतातो पानीले नुहाउनुहोस् । यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन।
३) चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न नबिर्सनुहोस्। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।
४) कडा साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्याउन सक्छ। त्यसैले यसको प्रयोग नगर्नुहोस्।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया