
१५औं कपिलवस्तु महोत्सवको छैठौ दिन आज प्रकाश दुतराज लगायतका कलाकार आउने

१५औं कपिलवस्तु महोत्सवको छैठौ दिन अर्थात (आज) सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज आउने भएका छन् । सोमबार दुतराजसंगै गायिका सिता राना, गायक बसन्त लम्साल लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।
आईतबार अर्जुन सापकोटा, आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यस्तै महोत्सवमा आइतबार कपडा बैँकको समेत स्थापना गरिएको छ । वाणगंगा नगरपालिकाको सहकार्य उक्त कपडा बैँकको उद्घाटन नेपाली सिने जगतका महानायक राजेश हमालले गरेको थिए ।
यसैबीच आईतबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका १३ जना प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिका डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । उनका अनुसार स्मारिका खनाल बाहिरिएकी हुन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया