

कपिलवस्तु महोत्सवमा लायन्स क्लबको योगदान: ५१ पोइन्ट ‘रगत’ संकलन





मंसिर २२, जितपुर । कपिलवस्तुको बुद्ध रङ्गशालामा जारी १५ औँ कपिलवस्तु महोत्सव स्थलमा लायन्स क्लव अफ कपिलवस्तुले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवन दान भन्ने मान्यतालाई जोड दिदैँ लायन्स कपिलवस्तुले महोत्सवमा हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
शनिबार महोत्सव स्थालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको जनाइएको छ । लायन्स क्लब अफ कपिलवस्तुले रक्तदानका कार्यक्रमलाई विशेष जोडका साथ उठाउने गर्दछ । महोत्सवका कार्यक्रम संयोजक सागर घिमिरेका अनुसार यो कार्यक्रमले समाजसेवा र स्वास्थ्य सचेतनाको महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२४÷२५ का अध्यक्ष नवदत्त घिमिरेले महोत्सवभित्र आयोजित विभिन्न सामाजिक सेवाका क्रियाकलापले समुदायलाई प्रत्यक्ष फाइदा पु¥याउने बताए। उनले भने, “रक्तदानले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। यस्तो कार्यले हाम्रो सामाजिक जिम्मेवारी पनि अभिव्यक्त गर्छ।”
कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव मंसिर १९ गते देखि सुरु भएको छ । यो महोत्सवमा विद्यालय उमेरका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने विभिन्न रचनात्मक कार्यक्रमहरु समेत संचालन भइरहेको छन् ।
महोत्सवका स्वास्थ्य संयोजक राजेश कुमार पन्थका अनुसार महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य परीक्षण, दैनिक सुगर चेकजाँचजस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। उनले लायन्स क्लबले महोत्सवमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्दै भने, “स्वास्थ्य गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पार्नेछन्।”
कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १९ गतेदेखि पुस २ गतेसम्म बुद्ध रंगशालामा सञ्चालन भइरहेको महोत्सवको मूल नारा “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” हो। महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक र सामाजिक प्रगतिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
महोत्सवमा विविध गतिविधिहरू सञ्चालन भइरहेका छन्, जसले व्यवसाय प्रवर्द्धन मात्र होइन, सामाजिक सेवाका क्षेत्रमा पनि विशेष योगदान पु¥याउने आयोजकको विश्वास छ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया