राष्ट्रिय युवा संघद्धारा विजयनगरमा बृहत्त रक्तदान सम्पन्न


मंसिर २२, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम गरिएको छ । विजयनगर गाउँपालिका स्थित आधारभूत अस्पताल बद्धौरमा आयोजना गरिएको एक दिने रक्तदान कार्यक्रममा एक सय बढी पोइन्ट रगत संकलन भएको छ ।
राष्ट्रिय युवा संघ विजयनगर गाउँकमिटीको आयोजनामा संचालित रक्तदान शिविरमा विजयनगर गाउँपालिकासँगको समन्वय तथा सहयोग रहेको थियो भने सहयोगी संस्थाको रुपमा नेपाल रेडक्रश सोसाइटी बुटवल रुपन्देही र राष्ट्रिय स्वास्थ्यकर्मी संघ विजयनगरको प्राविधिक सहयोग रहेको थियो ।
रक्तदान कार्यक्रममा एक सय ३० पोइन्ट रगत संकलन भएको राष्ट्रिय युवा संघ कपिलवस्तु जिल्ला अध्यक्ष तिलक गिरीले जानकारी दिएका छन् । उनका अनुसार कपिलवस्तुमा आयोजना गरिएका रक्तदान कार्यक्रममा उत्साहजनक रहेको जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय महासचिव सुमन पुरीको प्रमुख अतिथ्यता रहेको थियो भने विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा विशिष्ठ आतिथ्यता, राष्ट्रिय युवा संघ कपिलवस्तुका जिल्ला अध्यक्ष तिलाराम गिरी (तिलक) लगाएतको विशेष आतिथ्यता रहेको कार्यक्रममा रक्तदान जीवन दान भन्ने मानवीय मर्मलाई स्थापित गराउन उच्चतम रगत दान गर्नेहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमीटि अध्यक्ष तौलेश्वर खटिकको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन गाउँ कमिटी सचिव अर्जुन पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै