

भैरहवा-तौलिहवा सडक खण्डमा दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते



तौलिहवा | भैरहवा-तौलिहवा सडक खण्डको लवनी नजिक आज एक दुखद दुर्घटना घटित भएको छ। बस, कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
दुर्घटना भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
कार चालकको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृतकको पहिचान भने अहिलेसम्म हुन सकेको छैन। कारमा सवार अन्य २ जनाको अवस्था गम्भीर रहेको छ र उनीहरूलाई तत्काल अस्पतालमा पठाइएको छ।
बसमा सवार ४ जना घाइते भएका छन्, जसलाई स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ। यस्तै, ६ जना अन्य घाइतेहरूको उपचार भैरहवामा चलिरहेको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलमा सवार २ जनालाई पनि भैरहवामा उपचार दिइरहेको छ। घटनाका बारेमा थप जानकारी प्राप्त गर्दै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया