

भैरहवा-तौलिहवा सडक खण्डमा दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते



तौलिहवा | भैरहवा-तौलिहवा सडक खण्डको लवनी नजिक आज एक दुखद दुर्घटना घटित भएको छ। बस, कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
दुर्घटना भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
कार चालकको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृतकको पहिचान भने अहिलेसम्म हुन सकेको छैन। कारमा सवार अन्य २ जनाको अवस्था गम्भीर रहेको छ र उनीहरूलाई तत्काल अस्पतालमा पठाइएको छ।
बसमा सवार ४ जना घाइते भएका छन्, जसलाई स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ। यस्तै, ६ जना अन्य घाइतेहरूको उपचार भैरहवामा चलिरहेको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलमा सवार २ जनालाई पनि भैरहवामा उपचार दिइरहेको छ। घटनाका बारेमा थप जानकारी प्राप्त गर्दै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया