

बाणगंगाको बनगाईमा बसले ठक्कर दिदाँ एक पुरुषको मृत्यु



साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । बाणगंगा ७ बनगाईमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
बुधबार साँझ बाणगंगा ७ बनगाइमा अर्घाखाँचीको खन दह घर भइ बाणगंगा ७ बनगाई बस्ने वर्ष ३६ को भिमलाल पोख्रेलको बसको ठक्करबाट उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पश्चिम बाट पुर्व तर्फ गइरहेको लु २ ख ३१५ नम्बरको बसले पोख्रेललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका पोख्रेललाई स्वास्थ्य उपचारका लागि स्थानीय पाथीभरा मेडिकलमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।
दुर्घटना ग्रस्त बस इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक नरेन्द्र जिसीले जानकरी दिएका छन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया