

बाणगंगाको बनगाईमा बसले ठक्कर दिदाँ एक पुरुषको मृत्यु



साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । बाणगंगा ७ बनगाईमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
बुधबार साँझ बाणगंगा ७ बनगाइमा अर्घाखाँचीको खन दह घर भइ बाणगंगा ७ बनगाई बस्ने वर्ष ३६ को भिमलाल पोख्रेलको बसको ठक्करबाट उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पश्चिम बाट पुर्व तर्फ गइरहेको लु २ ख ३१५ नम्बरको बसले पोख्रेललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका पोख्रेललाई स्वास्थ्य उपचारका लागि स्थानीय पाथीभरा मेडिकलमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।
दुर्घटना ग्रस्त बस इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक नरेन्द्र जिसीले जानकरी दिएका छन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया