



कपिलवस्तुमा लागुऔषध कारोबारी र सेवनकर्ता तीन जना पक्राउ

कपिलवस्तु | कपिलवस्तुमा लागुऔषध कारोबारी र सेवन गर्ने तीन जना पक्राउ परेका छन्। कृष्णनगर नगरपालिका-२ का ३२ वर्षीय लवकुश भुज, बुद्धभुमी नगरपालिका-२ बस्ने २८ वर्षीय महेश थारू र बाणगंगा नगरपालिका-१ का २४ वर्षीय बिपुल थारू पक्राउ परेका हुन्।
उनीहरूलाई लागु औषध नियन्त्रण ब्युरोको शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले मंगलबार पक्राउ गरेको हो।
कृष्णनगर नगरपालिका-२ कृष्णनगर बसपार्कमा लागुऔषध कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्रहरी पाएको थियो। लवकुशलाई शंका गरेर तलासी गर्दा उनी र उनको घरबाट १५१.२१० ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ।
उनको कोठाबाट ४ वटा तराजु, २ वटा मोबाइल फेला पारेको थियो। उनीमाथि अनुसन्धान गर्ने क्रममा महेश र बिपुललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया