
वाणगंगा ७ का एक सुन व्यवसायी अवैध सुन सहित प्रहरी नियन्त्रणमा

बुटवल । बुटवलमा करिब ५० लाखको सुनसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्खाखाँची सुनचाँदी पसलका संचालक कपिलबस्तुको वाणगंगा नगरपालिका ७ का ३७ वर्षीय सन्तोष सुनार र कपिलबस्तुको वाणगंगा नगरपालिका ८ का ३३ वर्षीय अकबर अलि मिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन् ।
प्रहरीले उनीहरुलाई गयराति बुटवल ८ रामनगरमा कपिलबस्तुबाट काठमाडौँ तर्फ जाँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलि गरि अवैध रुपमा सुन ल्याउदै गरेको सूचनाका आधारमा बसलाई रोकि चेकजाँज गर्ने क्रममा सुनसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पहेलो रङको सुन जस्तो देखिने विस्कुट आकारको धातुसहित पक्राउ गरेको प्रहरी प्रवक्ता खनालले बताइन् । जसको तौल २९ तोला५८.९ लाल (३४५.०४ ग्राम) रहेको उनले बताइन् ।
उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता खनालले बताइन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया