वाणगंगा ७ का एक सुन व्यवसायी अवैध सुन सहित प्रहरी नियन्त्रणमा

बुटवल । बुटवलमा करिब ५० लाखको सुनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्खाखाँची सुनचाँदी पसलका संचालक कपिलबस्तुको वाणगंगा नगरपालिका ७ का ३७ वर्षीय सन्तोष सुनार र कपिलबस्तुको वाणगंगा नगरपालिका ८ का ३३ वर्षीय अकबर अलि मिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन् ।

प्रहरीले उनीहरुलाई गयराति बुटवल ८ रामनगरमा कपिलबस्तुबाट काठमाडौँ तर्फ जाँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलि गरि अवैध रुपमा सुन ल्याउदै गरेको सूचनाका आधारमा बसलाई रोकि चेकजाँज गर्ने क्रममा सुनसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पहेलो रङको सुन जस्तो देखिने विस्कुट आकारको धातुसहित पक्राउ गरेको प्रहरी प्रवक्ता खनालले बताइन् । जसको तौल २९ तोला५८.९ लाल (३४५.०४ ग्राम) रहेको उनले बताइन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता खनालले बताइन् ।

प्रतिक्रिया

खबर सबै