

दाङ : बोलेरो गाडी दुर्घटना, दुईको मृत्यु, तीन घाइते

दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती लोकमार्गअन्तर्गत शनिवार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान कपुरकोट गाउँपालिका-६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश र १० वर्षीय जीवन वली रहेका छन् ।
उनीहरूलाई तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया