बाणगंगामा विविध कार्यक्रमसहित ७२ औं “दधि जयन्ती” सम्पन्न
राधा पाण्डे, कपिलवस्तु । दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा ७२ औं दधि जयन्ती, सातौ साधारण सभा, कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘कला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नारालाइ आत्मसात गर्दै बिहिबार वाणगङगा नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वाणगङगा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले हामी सबै सक्षम छौँ, हामिभित्र साहित्यको रश्मि रहेकोले त्यसलाइ उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्य समाजको ऐना हो । त्यसैले हरेक साहित्यकारले व्यक्ति, समाज र राष्ट्रको यथार्थलाई साहित्य मार्फत उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै वरिष्ठ साहित्यकार हरिराज शर्माले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने बताउनु भयो । उहाँले आफुले साहित्यिक संस्थालाई गर्नुपर्ने सबै सहयोग गर्न तत्पर रहेको र नेपाली साहित्यको जगेर्ना गर्न सबै आ आफ्नो स्थानबाट लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।
वरिष्ठ साहित्यकार तथा संस्थाका सल्लाहकार मोहन ज्ञवालीले नेपाली साहित्य,भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै अगाडी बढ्ने श्रष्टाका लागि प्रोत्साहन स्वरुप पुरस्कार स्थापनार्थ ५१ हजार ५ सयको अक्षयकोष खडा गर्नुभएको छ ।
कार्यक्रममा संस्थाका सचिव सुशील अर्यालले आर्थिक बर्ष २०८०र०८१ को प्रगती प्रतीवेदन तथा संस्थाका कोषाध्यक्ष बाबुराम भण्डारिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै गरि कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ घिमिरे ञसंयोगझको सपना, विपना र संघर्षका पाईलाहरु आत्म वृत्तान्त कृति बिमोचन गरिएको थियो । घिमिरेको कृतिको समलोचना वाणगङगा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डे र बरिष्ठ साहित्यकार सुर्य प्रसाद भुषालले गर्नु भएको थियो भने कार्यक्रममा पशुपतिमणि त्रिपाठि , पवन अधिकारी, डिल्लीराम भट्टराई, लक्ष्मण आचार्य, राधा पाण्डे,पवित्रा बेल्बासे, विजय पङेनी लगाएत दर्जन बढी साहित्यकारहरूले रचना बाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार ऋषिकेशव भारद्वाज, धातानन्द भुषाल, मोहन ज्ञावाली लगायतले साहित्यमा छन्द आवश्यक रहने हुनाले श्रष्टाहरुले आफ्ना सिर्जनामा छन्दलाइ विशेष जोड दिनुपर्ने बताउनु भएको थियो । संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचीव सुशील अर्याल अनुरागको स्वागत मन्तव्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो।
प्रतिक्रिया