

बाणगंगामा सामुदायिक डायलाइसिस केन्द्रको उद्घाटन




जितपुर | कपिलवस्तु जिल्लामा सामुदायिक डायलाइसिस केन्द्रको उद्घाटन बिहीबार गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाणगंगा–१ मा आयोजित कार्यक्रममा यस केन्द्रको औपचारिक उद्घाटन भएको छ ।
उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सुधार ल्याउने र सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने घोषणा गरेका थिए । उनले नागरिकलाई निरोगी बनाउनको लागि जीवनशैलीमा परिवर्तन र स्वास्थ्य जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री आचार्यले “सामुदायिक अस्पतालहरूसँग सहकार्य गरेर मृगौला रोगको समस्यामा सुधार गर्न र निरोगी समाजको निर्माणमा लाग्नेछौं।”
लुम्बिनी प्रदेशमा मातृ र बाल मृत्युदर उच्च रहेको भन्दै मुख्यमन्त्रीले यस क्षेत्रमा सुधारका लागि सामुदायिक स्वास्थ्य संस्थासँग मिलेर काम गर्नुपर्ने कुरा उल्लेख गरे ।गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले कपिलवस्तुमा यो डायलाइसिस केन्द्र सञ्चालनमा ल्याएको हो। यस केन्द्रमा १० वटा डायलाइसिस मेसिन राखिएका छन् र दैनिक ६० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको छ।
डायलाइसिस केन्द्रको स्थापना पाँच करोडको लागतमा गरिएको हो र यसले बिरामीहरूलाई नजिकै डायलाइसिस सेवा प्राप्त गर्न मद्दत गर्नेछ।कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनका लागि सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले सामुदायिक अस्पतालहरूसँग सहकार्य गरेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने कुरामा जोड दिए ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी, प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनलका प्रतिनिधिहरू, र अन्य स्थानीय नेताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कपिलवस्तुमा सामुदायिक डायलाइसिस केन्द्रको उद्घाटनले स्वास्थ्य सेवामा नयाँ उपलब्धि भएको छ। यसले स्थानीय बिरामीहरूलाई सुविधा प्रदान गर्ने मात्र होइन, प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारको दिशामा पनि महत्वपूर्ण कदम हो। सामुदायिक स्वास्थ्य संस्थाहरूको सहकार्यले निरोगी समाजको निर्माणमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।
कपिलवस्तु जिल्लामा सामुदायिक डायलाइसिस केन्द्रको उद्घाटन कार्यक्रममा सामुदायिक डायलाइसिस केन्द्रलाई संचालन गर्नमा योगदान पुर्याउनु हुने रोटरि क्लब अफ सेन्ट्रल कपिलवस्तु ,नेपाल जेसिसका प्रतिनिधि र विशेष सहयोग पुराउने लुम्बिनी प्रदेशका माननीय सांसद तथा पुर्ब स्वास्थ मंत्री बिस्नु पन्थीलाई माननीय मुख्यमंत्री चेतनारायण आचार्यले दोसल्ला ओढाएर एबम प्रसंसा पत्रबाट सम्मानित गरेका थिए ।

प्रतिक्रिया