

साना किसान भलवाडमा ‘जियो कृषि’ सम्बन्धी सामाजिक परीक्षण




साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगा ९ मा जियो कृषि सम्बन्धी सरोकारवालासँग सामाजिक परिक्षणका सवालमा अन्र्तक्रिया गरिएको छ । वडा नम्बर ९ स्थित साना किसान कृषि सहकारी संस्थामा आयोजना गरिएको कार्यक्रममा जियो कृषि र कृषि एपको प्रयोगका विषयमा सहभागि कृषकहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
स्विस कन्ट्याक्ट, जियो कृषि र आसमान नेपालद्धारा संचालित साना किसान एवं कृषि व्यवसायीहरुका लागि व्यवसायिक कृषि अन्र्तगतको सामाजिक परिक्षण शुक्रबार गरिएको हो ।
परियोजनाका प्रशिक्षक गोबिन्द अधिकारीले कार्यक्रमको सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा साना किसान कृषि सहकारी संस्था भलवाडका अध्यक्ष दिपक बस्नेत, सहकारीका व्यवस्थापक मानकुमारी गिरी, जियो कृषिमा आबद्ध किसानहरुसहित सरोकारवाला, वडा सदस्य नुमला थारु, पत्रकार लगाएतको उपस्थिति थियो ।

विशेष गरी परम्परागत कृषि पद्धतीबाट उत्पादनमा बृद्धि नहुँदा आधुनिक र यान्त्रीक कृषिलाई प्रयोग गरी कृषि उत्पादनमा बृद्धि गरी यसबाट आम्दानी समेत लिन कृषकहरुलाई सजिलो बनाइरहेको जियो कृषिले मोवाइल एप मार्फत किसानलाई कृषि र पशुपालनमा गाइडलाईन दिने गर्छ । मोवाइल एपको प्रयोग गरी कृषकले आफ्नो कृषि व्यवसायलाई प्रभावकारी बनाउन मद्धत मिलेको समेत बताए ।
कृषक मनकला गिरीले जियो कृषिले किसानलाई मौसम पूर्वानुमानबारे जानकारी दिनुका साथै, बिउको छनोट, गोडमेल, मल तथा पानी र आवश्यक प्राविधिक कुराहरुको बारेमा समेत जानकारी दिने भएकाले यो राम्रो रहेको बताइन् । यस्तै अर्का किसान ठगबहादुर सूर्यवंशीले आफुले पछिल्लो एक वर्ष देखि जियो कृषिको एप प्रयोग गरी यसैँअनुसारले काम गरिरहेको बताए । उनले पनि एपको प्रयोगले आफूलाई फाइदा भएको सुनाए ।

बाणगंगा ९ मा हाल ५ सय कृषक जियो कृषिका प्रयोगकर्ता रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिपक बस्नेतले जानकारी दिए । यसलाई उपयोग गर्न जाने किसानले भरपुर फाइदा लिन सक्ने पनि उनको भनाइ थियो । यस्तै बाणगंगा नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक रोशन पाण्डेका अनुसार बाणगंगा नगरपालिका भरि नै जियो कृषिको प्रभाव राम्रो रहेको छ । किसानले सजिलै एपको माध्यमबाट कुनबाली कुन समयमा लगाउने र कस्तो मौसममा कस्तो बालि उत्पादन गर्न सकिन्छ भन्ने लगाएतका कुरा जियो कृषिले दिने गरेको भन्दै यसलाई प्रभावकारी बनाउनपर्ने बताए ।
किसानको लागतमा कमी ल्याई बिउको खपत घटाएर थोरै र योजनाबद्ध लगानीमा प्रभावकारी उत्पादन दिन जियो कृषि फलदायी रहेको सहभागीहरुको अनुभव थियो । यो कार्यक्रम आसमान नेपाल र प्याथवे टेक्नोलोजि सर्भिस आर्थत जियो कृषि मार्फत साना किसान कृषि सहिकारी संस्था लि.सँग संचालित कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया