

साथमा लाइसेन्स बोक्नै नपर्ने, के तपाईँलाई थाहा छ ? नागरिक एपमा नयाँ अपडेट !




नागरिक एपमा नयाँ अपडेट आएको छ ।
बिहीबार आएको २.०.२८ भर्सनको अपडेटमा ड्राइभिङ लाइसेन्स साथमा बोक्नुपर्ने बाध्यता हटाउने सुविधा थपिएको हो ।
आईफोन तथा अन्य आईओएस डिभाइसहरूका लागि भने यो अपडेट उपलब्ध हुन केही दिन लाग्ने बताइएको छ । यद्यपि गुगल प्ले स्टोरमा नयाँ अपडेट आएसँगै केही प्रहरी युनिटहरूले यसको टेस्टिङ समेत सुरु गरिसकेको स्रोतले बतायो ।
नयाँ अपडेटसँगै नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) भित्र जाँदा तपाईंको सवारी चालक अनुमतिपत्रको फोटोसँगै एउटा क्यूआर कोड समेत देख्न सक्नु हुनेछ । सो क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले तपाईंले देखाएको लाइसेन्स आधिकारिक हो वा होइन भन्ने कुरा यकिन गर्न सक्नेछन् ।
नागरिक एपले यातायात व्यवस्था विभागको सिस्टममा रहेको रेकर्ड यसरी देखाउने गर्छ । यसका लागि नेपाल प्रहरीको एपमा क्यूआर स्क्यानर समेत राखिएको छ । सो स्क्यानरबाट मात्रै नागरिक एपको ड्राइभिङ लाइसेन्स सम्बन्धी क्यूआर स्क्यान गर्न सकिने बताइएको छ ।
नागरिक एपमा अपडेट आएसँगै साथमा सवारी चालक अनुमतिपत्र बोक्नु नपर्ने व्यवस्थाका लागि प्राविधिक तयारी पूरा भएको हो । तर सरकारी स्तरबाट यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ । अहिले आएको नयाँ अपडेटसँगै देखिएका प्राविधिक कमीकमजोरी समेत हल गरी चाँडै नै ड्राइभिङ लाइसेन्सको हार्ड कपी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्ने सरकारको योजना छ ।
यसो हुँदा सवारी चालकहरूले यातायात व्यवस्था विभाग तथा कार्यालयहरूबाट वर्षौंसम्म स्मार्ट लाइसेन्सको पर्खाईमा बस्नु समेत पर्ने छैन । यस बाहेक स्मार्ट लाइसेन्सको प्रिन्ट उपलब्ध गराउन नसकेको सरकारले राष्ट्रिय परिचयपत्रमै ड्राइभिङ लाइसेन्सको विवरण राख्ने र त्यसैबाट यकिन गर्ने प्रबन्ध समेत मिलाइरहेको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया