

सन्तोष ढुङ्गानाका ‘दुई गजल’



- गजल १
फेरि खुशि फर्केर आउन समय लाग्दैन
कसले भन्छ मुस्कुराउँन समय लाग्दैन ।।
गाह्रो हुने भनेकै आँखाबाट निकाल्न हो
कसैलाई आँखामा सजाउन समय लाग्दैन ।।
पानि बादल बन्नलाई महिनौँ लाग्छ बरु
बादललाई पानि बनाउन समय लाग्दैन ।।
वेवास्ता खुब गरेका छौ घर छेवैको ढुङ्गो
पहिरो बनेर घर भत्काउन समय लाग्दैन ।।
छोराले बिर्सिएर बस्ला बर्षौँ आमालाई
आमालाई छोरो सम्झाउन समय लाग्दैन ।।
- गजल २
सपना बुन्दाबुन्दै हो अक्सर सकिएको
म यस्तै मान्छे हुँ हजुर घर सकिएको ।।
जो अगाडि पुग्दछ अरुलाई उभ्याँउदै
थाहा हुन्न उसकै यहाँ सफर सकिएको ।।
उडेरै बिलिन हुने त भुइँको धुलो रहेछ
कहिँ देख्नुभएको छ ? पत्थर सकिएको ।।
हुन त छिमेकिले साथ दिन्छु भनेको छ
देख्छु फेरि नदिकै कारण बगर सकिएको ।।
भरि भएर कसैको ज्यान लिनु भन्दा यहाँ
खालि सिसि बन्नु छ मलाई जहर सकिएको ।।
- सन्तोष ढुंगाना
रुपन्देही


खबर सबै
-
खोरमा अड्किएको चितुवाको उद्धार
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ






प्रतिक्रिया