

दाङको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु



दाङ | दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।
लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।
मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो । चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए ।
घटनास्थल लमहीबाट करिब ५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया