

निर्दाेष अर्जुनका “दुई गजल”


गजल –१
बादल मडारिएको दिन अप्रिय समाचार आउनेछ,
जब त्यो धड्कन बाटै मेरो नाम बारबार आउनेछ!!
सपना हो या बिपना तिमी सोचमा डुब्ने छौ प्रिय्,
तब ती नयन अगाडि यो निर्दोष अनुहार आउनेछ!!
घर परिवार त्यागेर तिमिलाई प्रेम गरेको मान्छे म,
बा-आमाको नजरमा केवल कुलङ्घार आउनेछ!!
त्यो अन्तिम पत्र खोल्दा आँखा रसाउलान कति,
जब देखिन्छ अक्षरमा रगत मनमा प्यार आउनेछ!!
सम्झना आउला ती अतितका पल पत्र पढिरहदा,
तिम्रै प्यारमा लिखित एक गजल दमदार आउनेछ!!
अचानक होस हराउछ बर्बराउदै अतालिन्छौ तब,
अर्जुन मरेको संदेश लिई एक गजलकार आउनेछ!!
निर्दोष अर्जुन गजल --२
तिमिलाई भित्र्याउन एउटा महल बनाउनु छ,
अनि जिन्दगी जिउने उपाय सरल बनाउनु छ!!
सारा दुख कष्ट हरुको निवारण गरि जाँदै गर्दा
तिम्रै साथमा रमाउन जीवन सफल बनाउनु छ!!
तिमी मेरो थियौ मेरै हौ र हमेसा मेरो नै रहन्छौ,
जिन्दगी भरको यात्रा हाम्रो हरपल बनाउनु छ!!
बुढेसकालमा तिमी र म जवानीलाई याद गर्दै,
जवानीको प्यार नाउमा एक गजल बनाउनु छ!!
निर्दोष अर्जुन


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया