

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्दै कपिलवस्तुका तीन पालिका सम्मानित

बाणगङा, कृष्णनगर र कपिलवस्तु नगरपालिका स्वास्थ्य क्षेत्रका उत्कृष्ट प्रदर्शनकर्ताहरू सम्मानित
तौलिहवा | जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा आयोजना गरेको जिल्ला स्तरिय बार्सिक समिक्षा गोष्ठीमा बाणगङा नगरपालिका, कृष्णनगरपालिका, र कपिलवस्तु नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्दै सम्मानित भएका छन्।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा बाणगङा नगरपालिका पहिलो स्थानमा रहन सफल भएको छ, जसले ७० दशमलब ६ अंक प्राप्त गरेको छ। कृष्णनगरपालिका ६७ दशमलब ६ अंकका साथ दोस्रो स्थानमा रहन सफल भएको छ भने कपिलवस्तु नगरपालिका ६७ दशमलब १ अंकका साथ तृतीय स्थानमा रहन सफल भएको छ।
यो सम्मान समारोहमा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरिले सम्मानित पालिकालाई प्रशंसा पत्र प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गरेका छन्। यो सम्मान समारोहले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न पालिकाका प्रयास र योगदानलाई मान्यता दिने अवसर प्रदान गरेको छ।
समारोहमा स्वास्थ्य क्षेत्रका कर्मचारीहरू र स्थानीय नेतृत्वको सहभागिता रहेको थियो। बाणगङा नगरपालिका, कृष्णनगरपालिका, र कपिलवस्तु नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थामा गरिएको योगदानलाई उच्च मूल्यांकन गरिएको छ, र यसबाट अन्य पालिकालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको कार्यक्रममा बताइएको थियो ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया