

अर्घाखाँचीकाे हिलेखाेला नजिकै जीप दुर्घटना, एककाे मृत्यु



अर्घाखाँची शीतगंगा नगरपालिका–१२ हिले खोला नजिकै जिप दुर्घटनामा परेको छ । आज बिहान छत्रदेव बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा ९ जना घाइते भएका छन्
मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।इलाका प्रहरी कार्यालय ठाडाका अनुसार जिप चालक सहित घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको छ ।
जिप सडक देखि ७० मिटर तल खसेको छ । गाडीको ब्रेक फेल भएर दुर्घटना हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया