
अर्घाखाँचीकाे हिलेखाेला नजिकै जीप दुर्घटना, एककाे मृत्यु

अर्घाखाँची शीतगंगा नगरपालिका–१२ हिले खोला नजिकै जिप दुर्घटनामा परेको छ । आज बिहान छत्रदेव बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा ९ जना घाइते भएका छन्
मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।इलाका प्रहरी कार्यालय ठाडाका अनुसार जिप चालक सहित घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको छ ।
जिप सडक देखि ७० मिटर तल खसेको छ । गाडीको ब्रेक फेल भएर दुर्घटना हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया