



सीपमूलक शिक्षाको आवश्यकता आजको युगमा: अध्यक्ष पाण्डेय


अजय मिश्र : कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१/०८२ शैक्षिक सत्रका नयाँ विद्यार्थीहरूलाई स्वागत र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले जीवनमा सीपको महत्वबारे जोड दिँदै, अहिलेको समयमा सीपमूलक शिक्षा अति आवश्यक रहेको बताए। उनले प्रविधिमा आधारित शिक्षा नै सीप विकासको प्रमुख आधार भएको उल्लेख गर्दै, प्राविधिक शिक्षाले व्यक्तिगत आर्थिक सुदृढीकरण मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने बताए।
कार्यक्रममा प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु, अभिभावक प्रतिनिधि मोहम्मद हुसेनले शुभकामना मन्तव्य राखे। प्रशिक्षक यदुराम पौडेलले स्वागत मन्तव्य राखे भने कार्यक्रमको प्रस्तुतीकरण प्रिन्सिपल अर्जुन पौडेलले गरेका थिए।
प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा प्रमुख नन्दराम पौडेलले सञ्चालन गरेका थिए। कार्यक्रमको सहभागी ९० भन्दा बढी विद्यार्थी तथा अभिभावक थिए।
वि.सं. २०५४ मा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य शिक्षाका क्षेत्रमा लुम्बिनी प्रदेशमा प्रमुख स्थान हासिल गरेको छ। यहाँ एच.ए., ल्याब टेक्नोलोजी, फिजियोथेरापी र अमिन विषयहरूको अध्यापन गराइन्छ। प्रतिष्ठान निकट भविष्यमै फार्मेसी विषयको अध्यापन सुरु गर्ने तयारीमा रहेको पनि प्रशासन स्रोतले जानकारी दिएको छ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया