
गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना




गुल्मी : गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना भएको छ । निजामति सेवा दिवसको अवसरमा थुनामा रहेका कैदीबन्दीका लागि ५० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकसहित पुस्तकालय स्थापना भएको हो ।
विभिन्न कसुरमा थुनामा रहेका कैदीबन्दीको मागअनुसार पहिलो पटक यसरी कारागार भित्र पुस्तकालयको स्थापना गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । बन्दीहरुका लागि आजदेखि उनीहरुले रोजेका विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् ।
पुस्तकको अध्ययनसँगै कैदीबन्दीको सोचाइ र जीवन परिवर्तन गर्न थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । २५ जनाको मात्र क्षमता रहेको गुल्मी कारागारमा अहिले एक सय एक जना पुरुष र सात जना महिलासहित एक सय आठ जना कैदी बन्दी रहेका छन् ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया