
स्वभिमान बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिकोत्सवमा ३३ प्वाइन्ट रगत संकलन




स्वभिमान बचत तथा ऋण सहकारी संस्था, लायन्स क्लब अफ कपिलवस्तु, र लियो क्लब अफ कपिलवस्तुको सहकार्यमा ३३ प्वाइन्ट रगत संकलन गरिएको थियो। यो अभियान स्वभिमान बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको थियो।
कार्यक्रममा वाणगंगा रेडक्रस उपशाखाका अध्यक्ष शंकर पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले रगत संकलनलाई महत्त्वपूर्ण अभियानको रूपमा बर्णन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। कार्यक्रमका विभिन्न वक्ताहरूले भविष्यमा पनि यस्ता सेवा कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी विभिन्न क्लबका अध्यक्ष र सदस्यहरूले रगतदानको महत्त्व र समाजसेवामा क्लबहरूको भूमिकाको बारेमा चर्चा गरे। कार्यक्रममा स्वयम्सेवीहरूको योगदानलाई पनि उच्च मूल्याङ्कन गरिएको थियो।
स्वभिमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी पाण्डेले कार्यक्रमको अवसरमा रगत संकलनलाई विशेष महत्त्वपूर्ण मान्दै यसको सामाजिक प्रभावको बारेमा कुरा गरेका थिए। उनले भने कि यो अभियानले समाजमा सहानुभूति र मानवतावादको भावना फैलाउँछ। उनले पनि रगतदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै रगत संकलनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। पाण्डेले यस्ता कार्यक्रमहरूले स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु तथा लियो क्लव अफ कपिलवस्तुको समेत सहकार्य रहेको थियो ।
स्वभिमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी पाण्डेको अध्यक्षता तथा सागर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया