

बिमा दावी बापतकाे रकम हस्तान्तरण

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका -७ बनगाईस्थित आशा लघुबित्त बित्तिय संस्थाले आफ्नो संस्थाद्वारा गठित समूहका सदस्यलाई बिमा दावी बापतकाे रकम बुधबार मृतकको निवासमै पुगि हस्तान्तरण गरेको छ।
संस्थाले समूमा आवद्व बाणगङ्गा -७ बनगाई केन्द्र नं.३५ काे शिवपार्वती महिला समूहकि सदस्य इन्द्रकला खड्काकाे २०८१ जेठ १५ गते भएको असायमिक निधन पश्चात् बिमित (मृतक)काे निवासमा पुगि निजको श्रीमान रामबहादुर खड्कालाई १ लाख छुट सहित २ लाख पचास हजार बराबरको रकम हस्तान्तरण गरेको छ। चेक रकम ग्रहण गर्दै खड्काले संस्थाकाे उदाहरणीय कार्यप्रति प्रशंसाा गर्दै सम्पूर्ण महिला दिदीबहिनीलाई समूहमा जाेडिन आग्रह गरे।
त्यस्तै :केन्द्रकि अध्यक्ष पुनम न्यौपानेले अन्य लघुबितकाे तुलनामा आशा लघुबित बित्तिय संस्थाले महिला दिदीबहिनीहरूका लागि आत्म निर्भर बन्नमा सहजता प्रदान गरेको बताइन् । यस्तै संस्थाका फिल्ड अधिकृत महेश गुप्ताले संस्थाकाे उद्देश्य माथि प्रकाश पार्दै सदस्यहरूलाई प्रदान गरिदै आएकाे सेवासुबिधाहरूकाे बारेमा जानकारी गराउनुका साथै संस्थाले हालसम्म ७कराेड बढी लगानी गरेको बताए । केन्द्रका २०जना सदस्यहरूकाे उपस्थिति रहेको उक्त कार्यक्रम शाखा प्रमुख भाेजराज भट्टकाे अध्यक्षता ,स्थानीय पत्रकार रामबहादुर गन्धर्वकाे प्रमुख आतिथ्यता सम्बन्धित संस्थाका कर्मचारीकाे सहभागीता सहित देवी ज्ञावलीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया