

साफ यू-२० च्याम्पियनसिप : नेपाल र बंगलादेश आज प्रतिस्पर्धा गर्दै

काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तरगत घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदै छ । दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् ।
आजको खेलबाट समूह एमा रहेका विजेता र उपविजेताको टुंगो लाग्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे खेल सुरु हुने छ । यसै बीच समूह ‘बी’मा माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । बुधबार भएको खेलमा दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो ।
खेलको ५३ औं मिनेटमा भुटान १० खेलाडीमा सीमित बनेको थियो । गोलकिपर तेन्जिङले पेनाल्टी क्षेत्र बाहिरको बल हातले छोएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भुटान १० खेलाडीमा सिमित भएको थियो ।
त्यसमा प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्यायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोलमा परिणत भएको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा सांगे छोपेलले गोल गर्दै भुटानलाई जित दिलाएका थिए ।
समूहको पहिलो खेलमा भारतले भुटानलाई १–० ले हराएको थियो । भारत र भुटानको समान ३ अंक भएको छ भने माल्दिभ्स अंक विहिन छ । समूहको अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ । उक्त खेलमा माल्दिभ्सले भारतलाई पराजित गरे मात्र अघिल्लो चरणमा पुग्ने सम्भावना रहनेछ । भारत बराबरी गरे समूह विजेता बन्नेछ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया