

कपिलवस्तुमा भारी वर्षा

कपिलवस्तु : कपिलवस्तुमा भारी वर्षा भएको छ ।बिहान करीब ३ बजेदेखि कपिलवस्तु सहित आसपासका क्षेत्रमा भारी वर्षा भएको हो ।
यस्तै दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने बबई र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।
पछिल्लो एक घण्टामा नवलपुरस्थित डण्डा वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ ।
यस्तै कपिलवस्तुको वाणगंगा, कोइलीमा समेत बाढी खतराको तह पार गर्ने सक्ने समेत मौसम विभागले बताएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया