

लायन्स क्लब अफ कपिलवस्तु द्वारा वृक्षारोपण कार्यक्रम : बर र पिपलको संरक्षणमा नयाँ पहल

कपिलवस्तु : “हामी सेवा गछौँ” भन्ने मुल भाव बोकेको लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२४/२५ ले आफ्नो समाजसेवाको अभियानलाई अझै विस्तार गर्दै कपिलवस्तु जिल्लामा वातावरण संरक्षणको लागि एक महत्त्वपूर्ण कदम उठाएको छ। यस अन्तर्गत, आज क्लबले वाणगंगा नगरपालिका वडा नम्बर १ स्थित उत्तमनगर स्वास्थ्य चौकी परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
वृक्षारोपण कार्यक्रमको क्रममा क्लबका सदस्यहरूले बर र पिपलका बिरुवाहरू रोपेर वातावरण संरक्षणमा आफ्नो योगदान पुराएका थिए ।। बर र पिपल नेपाली संस्कृतिमा मात्र नभई पर्यावरणीय दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। यी वृक्षहरूले वायुमण्डलमा अक्सिजनको मात्रा बढाउँछ र छायाँ प्रदान गर्ने तथा माटोको कटान रोक्ने क्षमताका कारण स्थानीय पारिस्थितिक सन्तुलनलाई सुदृढ बनाउँछ।
लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरे सहित कार्यक्रममा पुर्व अध्यक्ष ओम प्रकाश घिमिरे सहित सदस्यहरूको सहभागिता रहेको थियो। उपस्थित सदस्यहरूले वृक्षारोपणलाई आगामी पुस्ताका लागि एक हरित भविष्यको सिर्जना गर्ने कदमको रूपमा लिएका छन्। क्लबका पदाधिकारीहरूले यस कार्यक्रमलाई निरन्तरता दिने र अन्य स्थानहरूमा पनि वृक्षारोपण अभियानहरू संचालन गर्ने योजना रहेको बताएका छन्।
क्लबका अध्यक्ष नवदत्त घिमिरेले वातावरण संरक्षणको महत्त्वमाथि जोड दिँदै भने, “आजको यो सानो पहलले हाम्रो वातावरणमा ठूलो परिवर्तन ल्याउन सक्छ। प्रत्येक नागरिकले यस्तो कार्यमा सहभागी भइदिए, हामी हाम्रो पृथ्वीलाई हराभरा र स्वस्थ बनाउने अभियानमा सफल हुनेछौँ, यसलाई नै पछि लायन्स पार्कका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताएका छन् ।”
यस वृक्षारोपण कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक संदेश प्रवाह गरेको छ र यस क्षेत्रका अन्य संघसंस्थाहरूलाई पनि प्रेरित गरेको छ। लायन्स क्लब अफ कपिलवस्तुका सदस्यहरूले आफ्नो सेवाभावलाई पर्यावरण संरक्षणसँग जोड्दै आगामी दिनमा यस्तै अरू क्रियाकलापहरू गर्ने प्रतिवद्धता जनाएका छन्।
लायन वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नारायण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्लव डाइरेक्टर सन्दिप भट्टराईको संयोजन तथा सचिव दामोदर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया