

श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ


दाङ । श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार कुमालविरुद्ध ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको आरोप छ । ईश्वरीलाई बुधबार विहान ७ बजेतिर घरदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको हात्तिखालबाट स्याले जाने भित्री कच्चीबाटोमा मृत अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै फरार रहेका कुमालले प्रहरीले आज पक्राउ गरेको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले हत्या आफूले गरेको स्वीकार गरेको जनाएको छ । दुवै जनाले मादक पदार्थ सेवन गरी फर्कने क्रममा सामान्य वादविवाद हुँदा श्रीमान्ले काठको लाठीले टाउको, अनुहार, खुट्टा र शरीरको पछाडि ढाडको भागमा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया