

दाङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु



दाङ | दाङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लमही नगरपालिका–९ स्याले निवासी चक्रबहादुर उर्फ श्यामकुमार कुमालको कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० ईश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो।
कुटपिटबाट मृत्यु भएकी श्रीमतीलाई बाटोमा छोडेर श्रीमान् श्यामकुमार घर छोडेर भागेका थिए। उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
मृतकका श्रीमान् श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।
स्थानीयका अनुसार कुमाल दम्पती दैनिकजसो मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने, कुटपिटसम्म गर्ने गर्थे । अहिले ईश्वरीको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। उनीहरुका तीन छोरी एक छोरा छन्।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया