

ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग गदै लायन्स कपिलवस्तुले मनायो नेपाल लायन्स दिवस

कपिलवस्तु : हामी सेवा गछौँ भन्ने मुलभाव बोकेको लायन्स क्लव अफ कपिलवस्तुले ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्दै नेपालमा लायन्स क्लवको स्थापना दिवस मनाएको छ ।
लायन्स इन्टरaनेसनल ३२५ पि अन्र्तगत रहेको लायन्स क्लव अफ कपिलवस्तुले वाणगंगा ५ मा रहेको ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्दै नेपालमा लायन्स क्लव स्थापना दिवस मनाएको हो ।
आयोजित कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ज्ञान बहादुर कार्कीको प्रमुख आथितियता रहेको थियो । कार्याक्रमलाई सम्बोधन गर्दै कार्किले लायन्स क्लव अफ कपिलवस्तुका धेरै कार्यक्रम समाचार माफ्त मात्र सुनेको तर अनुभव गर्ने नपाएको आज अनुभव गर्ने अबसर पनि प्रदान गरेकोमा लायन्स क्लव अफ कपिलवस्तुले विगतमा दिनमा पनि समाजमा सकारात्मक भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।
नेपालमा लायन्स क्लवको स्थापना पुर्व प्रदानमन्त्री मातृका प्रसाद कोइरालाले ९ अगस्ट १९७१ मा लायन्स क्लव अफ विराटनगरको स्थापना गरी नेपालमा लायन्स भित्राउनु भएको थियो ।
आयोजित कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष राम शुभागे थारु, ओम प्रकास घिमिरे, वर्ष २०२४/२५ का प्रथम उपाध्यक्ष नारायण पौडेल, उपाध्यक्ष सुमन क्षेत्री लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुका वर्ष २०२४÷२५ का अध्यक्ष नवदत्त घिमिरेले लायन्सले पिडामा सानो मलम लगाउने काम गरेको र आगमि दिनमा पनि थप सहयोग गर्ने भन्दै पिडितको स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम लायन्स क्लव अप कपिलवस्तु वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, मिडिया संयोजक नवराज बेल्वासेको कार्यक्रम संयोजक्तव रहेको कार्यक्रम सचिव दामोदर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया