

दाङमा फैलियो औलो संक्रमण, एक जनाको मृत्यु





दाङ | दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पुष्टि गरे। उनका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो।
एक दशक यता नेपालमा औंलो संक्रमणबाट मान्छेको मृत्यु नभएको, यो घटना सम्भवतः पहिलो भएको जानकारी आचार्यले दिए। कडा खालको ज्वरो आएपछी मात्रै घर परिवारका सदस्यले उपचारको लागी अस्पताल पुर्याएका थिए। बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो। सघन कक्षमा राखेर उपचार सुरु गरिएको भएपनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेन।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया