

तिनाउमा डुबेर एक बालकको मृत्यु



बुटवल | बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।
आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन्। पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए।
डीएसपी पण्डितका अनुसार नदीमा हराएका विप्रन पाण्डेको खोजी भइरहेको छ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया