जबर्जस्ती करणीको आरोपमा पक्राउ

बर्दिया | १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिकाकी ती युवतीमाथि जबर्जस्ती करणी गरेको उजुरीको आधारमा गुलरियाका मुसिम खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

अदालतबाट म्याद थप गरी खाँमाथि अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए ।

प्रतिक्रिया

खबर सबै