

वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थाले



गुल्मी | कालिगण्डकी गाउँपालिका-१ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थालेका छन्। बाँझो ५४० रोपनी जग्गाको सदुपयोग गर्दै २३ कृषक मिलेर अहिले सामूहिक किवी खेती गरेका हुन्।
वर्षौँदेखि बाँझो रहेको जग्गाको सदुपयोग गर्न ६ हजार ७०० बिरुवा रोपेर व्यावसायिक किवी खेती गरेको उन्नतिशील कृषि फलफूल तथा पशुपक्षी कृषक समूहका अध्यक्ष पदमपाणि पाण्डेले बताए। ‘यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ समूह नै बनाएर सामूहिक किवी खेती गरेको उनको भनाइ छ। वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताइन्।
सिँचाइ समस्या
किवी खेतीका लागि पहाडी भूभाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्या तथा कृषक तिलक राना बताउँछन्। अहिले पहिलो पटक केही बिरुवाहरुले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरूको पेन्सन नै किवी हुने उनको भनाइ छ।
ज्ञान केन्द्रको २८ लाख सहयोग
अहिले उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिँचाइका लागि २८ लाख रुपैयाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसान यसतर्फ आर्कषित भएको कृषि भण्डारीले बताए ।
६५ हेक्टर क्षेत्रफलमा किवी खेती
जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइएको छ भने २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ।
२०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ।
समुद्री सतहदेखि एक हजार २०० मिटरभन्दा माथिको भूभागमा किवी खेती हुन्छ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तह खेती गर्न योग्य मानिएका छन्।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया