

दलितहरू संगठित हुन सदस्यता अनिवार्य

रामबहादुर गन्धर्व । सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बिस्तारित बैठक बधाई तथा शुभकामना कार्यक्रम बिहीबार शिवराज नगरपालिका ५ चन्द्रौटमा सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले दलितहरूले विभिन्न राजनीतिक आरोह अवरेहमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको भए पनि आफुहरू राज्यको अवसर,पहुँचबाट बञ्चित रहेको बताउदै दलित उत्पीडितहरूको हकहितका लागि संगठनलाई प्राथमिकतामा राखी व्यापक रूपमा सदस्यता बितरण गर्नुका साथै अधिकार प्राप्तिका लागि संगठित हुनुपर्नेमा जोड दिए।
साथै सम्बन्धित वर्ग समुदायको माग सम्बोधन गर्न नसके प्रत्यक्ष प्रभाव पर्न सक्ने पनि ठोकुवा गरे। सो अवसरमा मुक्ति समाजले नेपाल कम्युनिस्ट ९एमाले ०को २०८१बैशाख २६(२८गते सम्पन्न दशौ अधिवेशनबाट निर्वाचित विभिन्न पदाधिकारीहरूलाई छुवाछूत बिरूद्वको आन्दोलन र सामाजिक न्याय स्थापित गर्न खेलेको महत्त्वपूर्ण भुमिकाको उच्च मुल्यांकन गर्दै खादा सहित सम्मानपत्रले सम्मान गरेको छ। यसरी सम्मानित हुनेहरूमा सचिव चन्द्रबहादुर ९सिवि०गहतराज सदस्यहरूमा पुर्णचन्द्र परियार ,सिमा परियार ,पार्वती सुनार लगाएत रहेका छन् ।
सम्मानित पदाधिकारीहरूलाई शिवराज नगर कमिटी अध्यक्ष माधव पोख्रले ने क पा एमाले प्रदेश कमिटी सदस्य लालबहादुर सुनार,मुक्ति समाज लुम्बिनी प्रदेश सदस्य कृष्ण बिश्वकर्मा लगायतले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना दिएका थिए।
नगर कमिटी इन्चार्ज बाबुराम सापकोटा मुक्ति समाजका विभिन्न ओहदामा रहेका पदाधिकारी विभिन्न पालिकाका दलित महिला सदस्य लगाएतको उपस्थिति रहेको कार्यक्रम जिल्ला अध्यक्ष रामप्रघट कोरीको अध्यक्षता ,चन्द्रबहादुर गहतराजको बिशिस्ट आतिथ्यता सहित खुमबहादुर बिक।को सञ्चालन र पार्वती सुनारको स्वागत मन्त्व्यमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया