

लायन्स कपिलवस्तु वातावरण संरक्षणमा सधै अगाडि : अध्यक्ष घिमिरे

हामी सेवा गछौँ भन्ने मुलभाव बोकेर अगाडि बढेको लायन्स क्लव अफ कपिलवस्तुले वातावरण संरक्षणमा उल्लेखनीय भुमिका खेल्दै आएको छ ।
लायन्स क्लव अफ कपिलवस्तुका लियो विकास न्यौपानेको बैबाहिक बर्सगाँठको अवसरमा बाणगङ्गा नगरपालिका वडा नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रको परिसरमा सरसफाइ सहित स्वच्छ बाताबरणका वृक्षारोपण गर्दै सोहि क्षेत्रको प्रगती टोल का एक अति बिपन्न परिवारलाई खाद्यान्न समेत हस्तान्तरण गरिएको छ।

कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्जु कुमार सारुको प्रमुख आथितियता रहेको कार्यक्रममा लायन्स क्लब का संस्थापक अध्यक्ष कृष्ण के सि,पुर्व अध्यक्ष क्रमश सुरेन्द्र घिमिरे, धातानन्द भुसाल,,राम सुभाग्य थारु,ओम प्रकाश घिमिरे,लायन्स दिदिबहिनी का पुर्व अध्यक्ष लक्ष्मी गैरे,सीता कडेल,रितु खनाल सहित लियो क्लव अफ कपिलवस्तुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति सारुले लायन्स क्लव सधै अगाडि बढेको र आफु लायन्स क्लवका लागि हरेक सहयोग गर्ने कुरा बताउदै जहाँ दुखको खबर पाउन्छ त्यहाँ लायन्स पुग्ने गरेको नै मानव सेवाको उत्कृष्ट काम रहेको बताउनु भएको थियो ।
यस्तै क्लवका अध्यक्षले नवदत्त घिमिरेले लायन्स पुर्ण रुपमा सामाजिक सेवा कार्यमा अग्रसर रहेका कारण जहाँ दुख्छ त्यहाँ लायन्स पुग्ने तथा लायन्सले सधै वातावरणका निम्त्ति पनि काम गर्ने बताउनु भएको थियो ।
आयोजित कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४÷२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नारायण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव दामोदर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी तथा लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया