

नेपालगन्जमा खुकुरी प्रहार गरेर युवकको हत्या


नेपालगन्ज | धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक युवकको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राति करिब १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई राति नै भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले खुकुरी प्रहार गरी राई को हत्या गरेको जानकारी प्राप्त भएको छ ।
हत्या गर्ने समूहको पहिचान नभए पनि समूहले प्रयोग गरेको से ७ प ४२५३ नम्बरको मोटरसाइकल फेला परेकाले छिट्टै पहिचान हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘हत्या गर्ने व्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाइकल फेला पारेका छौँ र एक जना व्यक्तिलाई समेत पक्राउ गरेका छौँ, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौँ ।’’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागुऔषध दुर्व्यसनीकर्ताबिच आपसमा विवाद भएको थियो । झगडा र विवाद मिलाउन गएका राईमाथि नै खुकुरी प्रहार हुँदा उहाँको मृत्यु भएको छ ।
हत्यामा संलग्नहरूको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसैबिच मृतकका आफन्तहरूले हत्याको विरोध गर्दै हत्यारालाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्ने माग गर्दै शनिबार बिहानदेखि टांगा स्टेन्ड नजिक सडक जाम गरेर नाराबाजी गरिरहेका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया