वर्षासँगैकाे बाढीले लक्ष्मणघाट-बनगाइ जाेड्ने पुल क्षेत्रमा कटान

रामबहादुर गन्धर्व । पछिल्लो दुईदिने वर्षका कारण बाणगङ्गा नदीमा आएकाे बाढीले लक्ष्मणघाट स्थित बाणगंगा पुलमा क्षति पुर्याएकाे छ । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका अन्तरगत वडा नं. ६-७काे बिचमा रहेको लक्ष्मणघाट- बनगाई सँग जाेडिएकाे पुल उच्च जाेखिममा रहेको स्थानीयले बताएका हुन।

तत्कालीन जयबुद्व कन्ट्रक्सनले २०६८ सालमा शुरू गरि २०७२ सालमा निर्माण सम्पन्न गरेको यस पुलबाट दैनिक हजारौंको सङ्ख्यामा मानिसहरू ,सयौ सवारी साधन आवतजावत गर्ने गरेका छन । २०८०साउन ०९गतेकाे अविरल बर्षाका कारण पानीको बहावले पुलको छेउछनउ सहित जालीकाे भाग कटान गरेको थियो भने यश वर्षको बाढीले थप जाेखिम बढाएकाे छ ।गत बर्ष कटान गरेको भए पनि सम्बन्धित निकायकाे समयमा ध्यान नपुग्दा यस् बर्ष पुलको उत्तर पुर्वकाे भागमा जाली सहित पिलरकाे भागमा कटान गर्दै गएको छ। समयमै सम्बन्धित सराेकारवाला ,सम्बन्धित निकायले ध्यान नदिए आउजाउनै बन्द हुने अवस्था रहेको स्थानीयले गुनासाे गरेका छन् ।

प्रतिक्रिया

खबर सबै