

टी–२० विश्वकप फाइनल : दुई अपराजित टोली भिड्दै, होलात तर रोचक ?


काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो ।
बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा तेस्रो पटक स्थान बनाएको हो । फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ । भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो ।
जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो ।
सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।
उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।
भारत र दक्षिण अफ्रिका दुबैलाई फाइनलमा पुर्याउन बलरको योगदान महत्वपूर्ण छ । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया र मार्को यानसनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्दै आएका छन् । स्पिनरमा केशव महाराज र तबरेज शाम्सी छन् ।
यता भारतमा जस्प्रित बुमराह र अर्शदीप सिंहले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्लेका छन् । स्पिनर कुलदीप यादव, अक्षर पटेल र रविन्द्र जडेजाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।
दक्षिण अफ्रिकामा क्विन्टन डि कक, एडेनमाक्रम, हेनरिक क्लासेन, डेविड मिलर र ट्रिस्टन स्टब्स जस्ता टी–२० विशेष ब्याटर छन् । उता भारतमा रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या र ऋषभ पन्त जस्ता म्याच विनर ब्याटर छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया