

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते



गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।
छल्दीबाट तम्घासतर्फ आउदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गास्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटना हुँदा मालिका गाउँपालिका– २ का ६ वर्षका शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
दुर्घटनामा ट्याक्टर चालक धुर्कोट गाउँपालिका–५ बस्तुका २६ वर्षका दीपक गोतामे र रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घासका १९ वर्षका राजकुमार बिक घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया