

टी–२० विश्वकप क्रिकेटमा ‘सुपर–आठ’ का खेल आजदेखि : पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका खेल्दै



आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा शुरु हुनेछ ।
नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो । एसोसियट टोली नेपाल, ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्यूगिनी (पीएनजी) र नामिबिया पहिलो चरणबाटै बाहिरीए ।
१० वर्षपछि विश्वकप खेलेको नेपाल समूह ‘डी’ मा एक अङ्कमात्रै जोडेर बाहिरीएको हो । सुपर–आठमा आयोजक अमेरिका र वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका, भारत, अफगानिस्तान, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया पुगेका छन् ।
‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म चल्ने छ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया