

अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित


काठमाडौँ- टी-२० विश्वकपको अन्तर्गत समूह डीको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भएको हो।
बंगलादेशका बलर तन्जिम हसन शकिवको धारिलो बलिङका कारण नेपालको सुरुवात नै राम्रो हुन सकेन। उनले ४ ओभर बलिङ गर्दै ७ रन दिएर ४ विकेट लिए।
यस्तै शकिव अल हसनले अन्तिम ओभरमा २ विकेट लिए। यसैगरी मुस्ताफिजुर रहमानले ४ ओभरको बलिङमा ७ रन लिँदै नेपालका ३ जना ब्याटरलाई आउट गरे।
कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।
किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो।
नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए।
जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ भने नेपाल एउटा खेल पनि नजिती घर फर्किएको छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया