

टी–२० आई क्रिकेटमा सन्दीपले बनाए १०० विकेट पूरा

नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।
योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै टी–२० मा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर पनि बनेका हुन् ।
आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।
१६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए ।
अघिल्लो खेलमा चुक्दा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए ।
यस अगाडि पनि नेपाली स्पीनर लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनिसकेका छन् । उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेर कीर्तिमानी कायम राखेका थिए । लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका थिए ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया