

कपिलवस्तुमा बस र भ्यान ठाेक्कियाे ! एककाे मृत्यु ८ जना घाइते



साझाकुरा/कपिलवस्तु । कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा सवार बढईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताए ।
बसले ठक्कर दिंदा भ्यानमा च्यापिएका बढइको २ घण्टापछि उद्धार गरिएको थियो । उद्धारमा ढिलाइ हुँदा उनको मृत्यु भएको स्थानीयको आरोप छ ।
घाइते ८ जनालाई उपचारको लागि बुटवल लगिएकाे छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया